
काेहलपुर, बैशाख २६ गते चाैथाे संस्करणकाे काेहलपुर गाेल्डकपकाे ट्रफि आयाेजक रेसिङ साहारा क्लबले उचालेकाे छ । शनिबार सम्पन्न फाईनल खेलमा नेपाल पुलिस क्लबलाई ३ का बिरूद्द ४ गाेलले हराउँदै रेसिङ साहाराले ट्रफि उचालेकाे हाे ।
काेहलपुर-२ स्थित फुटबल मैदानमा सम्पन्न फाईनल खेल ट्राईबेकरमा पुगेकाे थियाे । निर्धारीत समयमा दुबै टिमले १-१ गाेल गरेपछि खेल ट्राईबेकरमा धकेलीएकाे थियाे । खेलकाे सुरू भएकाे ५ मिनेटमै रेसिङ साहारा क्लबका १८ नम्बर जर्सिका खेलाडि चेतन चाैधरीले गाेल गरेका थिए । दाेस्राे हाफकाे पहिलाे मिनेटमै नेपाल पुलिसका धिरेन्द्र शाहले उत्कृष्ट गाेल फर्काउँदै नतिजा बराबर गरेका थिए । ९० मिनेटकाे खेलमा दुबै टिमले थप गाेल गर्न नसकेपछि खेल ट्राईबेकरमा पुगेकाे थियाे ।
ट्राईबेकरमा समेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेकाे थियाे । सडेन डेथमा रेसिङ साहाराका फागुराम चाैधरी, चेतन चाैधरी, सन्दिप के.सी. र सुजन मगरले गाेल गरेर नतिजा आफ्नाे पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गाेल फर्काएका थिए ।
प्रतियाेगिताका म्यान अफ द म्याच नेपाल पुलिसका संजिव लामा घाेषित भए । उनले ट्रफि सहित नगद रू. पाँच हजार प्राप्त गरे ।
प्रतियाेगिताकाे बिजेता रेसिङ साहारा क्लबले ट्रफी सहित ८ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ । त्यसैगरी उप-बिजेतामै सिमित भएकाे नेपाल पुलिस क्लबले ट्रफी सहित ४ लाख नगद पुरस्कार हात पारेकाे छ ।
प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बन्दै काेहलपुर रेसिङ साहारा क्लबका मुकुन्द घर्ती मगरले ५१ हजार रूपैयाँ प्राप्त गरेका छन ।
प्रतियाेगिताका बिजेता र उपबिजेतालाई काेहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले चेक, ट्रफि र मेडल प्रदान गरेका थिए ।
यहि बैशाख १९ गतेदेखि सुरू भएकाे प्रतियाेगितामा ८ टिमकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगिताकाे फाईनल खेल हेर्न मैदानमा उल्लेख्य मात्रामा दर्शक उपस्थित भएका थिए । पहिलाे पटक प्याराफिटमा बसेर दर्शकहरूले खेलकाे आनन्द लिएका छन ।