हाइवे पोष्ट
राप्तीसोनारी, ३ भदौ
राप्ती नदीको छेउमा बसेर जब नीलो आकाशसँगै हरियाली जंगल, बगिरहेको नदीको मन्द धुन र चराचुरुंगीको आवाज सुन्न पाइन्छ, तब लाग्छ, ‘जीवनको सबैभन्दा ठूलो विलास भनेकै यही हो ।’ यसै विलासलाई जीवन्त बनाउन राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित गोभारपुरमा भदौ १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा आएको अगैया स्प्रीङ रिभरसाइड रिसोर्ट अब बाँकेकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
देवानन्द अर्यालको १२ करोड रुपैयाँको ठूलो लगानीमा निर्माण भएको यो रिसोर्ट ‘नेपाली माटो सुहाउँदो, टिकाउ र पर्यावरणमैत्री पर्यटन’ को अवधारणासँग जोडेर अघि बढाइएको छ । उनका अनुसार, ‘नेपाली माटोमा सोचेर लगानी गर्ने हो भने लगानी कहिल्यै डुब्दैन ।’ डक फर्मेटमा बनेको यो रिसोर्टको विशेषता नै यसको लोकेशन हो । राप्ती नदीको किनारमा बसेर पानीको ध्वनि सुन्ने, बगिरहेको नदीतट हेर्दै विश्राम गर्ने, अनि प्राकृतिक हरियालीबीच परिवार वा साथीभाइसँग समय बिताउने सुविधा यहाँ छ ।

रिसोर्टमा अहिले आंशिकरुपमा सेवा सुरु भए पनि एक हप्ताभित्रै पूर्णरुपमा सञ्चालनमा आउने तयारी भइरहेको छ । रिसोर्टमा करिब ३० वटा आकर्षक कोठाहरु, दुई सयजनालाई अटाउने क्षमतायुक्त हल, स्वादिलो खाना पाइने रेष्टुरेन्ट, र आरामको लागि स्वीमिङ पूलको सुविधा छ । साथै, पर्याप्त पार्किङस्थल पनि छ, जसले यहाँ आउने पर्यटकलाई सहजता दिन्छ । यहाँको पहिलो स्वाद भनेको राप्ती नदीकै माछा हो, जसलाई विभिन्न परिकारमा पकाइन्छ । साथै, थारु समुदायका परम्परागत भोजन, नेपाली परिकार र विदेशी पर्यटकलाई आकर्षित गर्ने अन्तर्राष्ट्रिय खाना पनि मेनुमा राखिएको छ ।
रिसोर्टलाई केवल सम्पन्न वर्गका लागि मात्र नभई सामान्य नेपाली नागरिकलाई समेत लक्षित गरेर प्याकेज बनाइएको छ । कार्यव्यस्ततामा थकित भएर आराम खोज्ने कार्यालयीन कर्मचारी, परिवारसँग ससाना रमाइलो क्षण बिताउन चाहने स्थानीय बासिन्दादेखि लिएर आन्तरिक र बाह्य पर्यटकसम्म सबैलाई लक्षित गरिएको छ । राप्तीसोनारी गाउँपालिका वरिपरिको प्राकृतिक सौन्दर्य, राप्ती नदीको आकर्षण र नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जको पृष्ठभूमिमा अगैया स्प्रीङ रिभरसाइड रिसोर्टले बाँकेको पर्यटनमा नयाँ जीवन ल्याउने अपेक्षा गरिएको छ ।
‘प्रकृतिको काखमा बसेको यो रिसोर्ट केवल रमाइलो गर्ने गन्तव्य मात्र होइन, यसले पर्यटन, स्थानीय संस्कृति र वातावरण संरक्षणलाई जोड्ने माध्यमको रुपमा भूमिका खेल्नेछ । शान्त वातावरण, स्वादिलो खाना, आधुनिक सुविधा र प्राकृतिक सौन्दर्यको संगममा बनेको यो रिसोर्ट बाँकेकै मात्र होइन, नेपालकै महत्वपूर्ण पर्यटन आकर्षण बन्ने संकेत देखिएको छ ।’
यहाँका रमणीय दृश्य, नदीकिनारमा सूर्योदय–सूर्यास्त हेर्ने अवसर, जंगलको गहिराइमा सुन्न सकिने वन्यजन्तुको आवाज यी सबैले यहाँ आएका मानिसलाई ‘रिचार्ज’ भएर फर्किने अनुभव दिनेछन् । देवानन्द अर्चाल भन्छन्, ‘पर्यटन भनेको केवल बाहिरबाट आउने पाहुनालाई मात्र आकर्षित गर्ने माध्यम होइन, यो त आफ्नो ठाउँको पहिचान विश्वसामु चिनाउने अवसर पनि हो ।’ स्थानीय संस्कृति, थारु समुदायको जीवनशैली, नदी, जंगलसँगको सहअस्तित्व र पर्यावरणमैत्री सोचको संयोजनमार्फत अगैया स्प्रीङ रिभरसाइड रिसोर्टले बाँकेलाई मात्र नभई प्रदेशस्तरमै चिनाउने क्षमता बोकेको छ ।
प्रकृतिको काखमा बसेको यो रिसोर्ट केवल रमाइलो गर्ने गन्तव्य मात्र होइन, यसले पर्यटन, स्थानीय संस्कृति र वातावरण संरक्षणलाई जोड्ने माध्यमको रुपमा भूमिका खेल्नेछ । शान्त वातावरण, स्वादिलो खाना, आधुनिक सुविधा र प्राकृतिक सौन्दर्यको संगममा बनेको यो रिसोर्ट बाँकेकै मात्र होइन, नेपालकै महत्वपूर्ण पर्यटन आकर्षण बन्ने संकेत देखिएको छ ।

अगैया स्प्रीङ रिभरसाइड रिसोर्ट केवल होटल वा मनोरञ्जनस्थल मात्र होइन, यसले बाँकेको पर्यटनलाई नयाँ गन्तव्य बनाउने सम्भावना बोकेको छ । बाँके जिल्लामा नेपालगन्ज, कोहलपुर, बर्दियातर्फको प्रवेशद्वार र धार्मिक–सांस्कृतिक स्थलहरु भए पनि, नदीकिनारमै आधुनिक सुविधा भएको रिसोर्ट भने अभाव थियो । यस रिसोर्ट सञ्चालनमा आएसँगै घुम्न आउने आन्तरिक पर्यटकलाई आकर्षित गर्नुका साथै भारतीय पर्यटकलाई समेत बाँके तानेर ल्याउने अपेक्षा गरिएको छ । नदी जंगलसँगै विश्राम, स्थानीय खानाको स्वाद र थारु संस्कृतिको झल्कोले यहाँको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सक्नेछ ।
‘यहाँका रमणीय दृश्य, नदीकिनारमा सूर्योदय–सूर्यास्त हेर्ने अवसर, जंगलको गहिराइमा सुन्न सकिने वन्यजन्तुको आवाज यी सबैले यहाँ आएका मानिसलाई ‘रिचार्ज’ भएर फर्किने अनुभव दिनेछन् । देवानन्द अर्याल, सञ्चालक’
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै भएको कारण यहाँ आउने विदेशी पर्यटकको बसाइँ लामो गराउने अवसर पनि यसले सिर्जना गर्नेछ । रिसोर्टले यहाँका स्थानीय उत्पादनलाई बजारिकरणमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । राप्ती नदीको माछा, थारु समुदायको परम्परागत खाना (ढिँडो, घोंघी, सिद्रा, धानका परिकार), बाँकेको तरकारी र फलफूल, यहाँकै दुधजन्य पदार्थ र कुखुरा, बाख्राको मासु यी सबै रिसोर्टको दैनिक उपभोग्य वस्तु बन्नेछन् । यसले स्थानीय किसान, माछा मार्ने समुदाय, दुग्ध उत्पादक, तरकारी फलफूल आपूर्तिकर्तालाई प्रत्यक्ष बजार दिनेछ ।
यति मात्र होइन, रिसोर्टमा आउने पाहुनालाई थारु हस्तकला, स्थानीय बस्त्र र परम्परागत सामानहरु प्रदर्शन गरेर बिक्री गर्ने अवसर पनि सिर्जना गर्न सकिन्छ । यसले स्थानीय युवालाई रोजगारी, महिलालाई सीपमा आधारित आयस्रोत र गाउँकै उत्पादनलाई सशक्त बनाउनेछ । यसरी हेर्दा, अगैया स्प्रीङ रिभरसाइड रिसोर्टले केवल पर्यटन प्रवद्र्धन गर्ने मात्र नभई स्थानीय उत्पादनलाई बजार दिने, रोजगारी सिर्जना गर्ने र गाउँकै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिका खेल्नेछ ।
रिसोर्टमा किन जाने ?
– राप्ती नदीको किनारमा शान्त वातावरण
– प्राकृतिक आनन्दसँग आधुनिक सुविधा
– स्वादिलो र विविध खाना
– सुलभ प्याकेज
– सामूहिक कार्यक्रमको सुविधा
– रोजगारी र स्थानीय उत्पादनलाई समर्थन
– थकाइ मेट्ने ‘रिचार्ज’ स्थल
– पर्यटनमा नयाँ गन्तव्य
– सूर्योदय–सूर्यास्त र प्रकृतिको रमणीय दृश्य
रिसोर्टको स्वाद
– राप्ती नदीको ताजा माछा
– थारु समुदायको परिकार
– स्थानीय खाना
कसरी जाने ?
– पूर्व–पश्चिम राजमार्गदेखि करिब १२ सय मिटरभित्र
– नेपालगन्जदेखि कोहलपुर हुँदै अगैया–गोभारपुर
– नेपालगन्जदेखि राप्नी नदी हुँदै अगैया– गोभारपुर
– कोहलपुरदेखि सीधा अगैया पुगिन्छ– गोभारपुर
– दाङ तुल्सीपुरबाट अमेलिया हुँदै अगैया– गोभारपुर
– दाङ घोराहीबाट अमेलिया हुँदै अगैया– गोभारपुर
पूर्व–पश्चिम राजमार्गमा पर्ने गोभारपुरबाट करिब २१ सय मिटर भित्र ।