२२ लाख नगद र गहना सहित नेपालगन्जबाट लोनिया पक्राउ

Author Logo..
२०८२ साउन २९ गते बुधवार

२८ साउन, नेपालगन्ज । बाँके प्रहरीले ठुलो मात्रामा नगद र गहजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार साउन २७ गते नेपालगन्ज-१४ उदयपुरका २८ वर्षिय रमेश लोनियालाई २२ लाख नगद, गहना र आगुऔषध (ब्राउन सुगर) सहित घरबाटै नियन्त्रणमा लिईएकोे हो ।

प्रहरीले लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा लोनियाको घरमा छापा मारेको थियो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मंगलबार राति लोनियाको घर खानतलासी गर्ने क्रममा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिएका छन् ।

बाँके प्रहरीका अनुसार लोनियाको घरबाट प्रहरीले सुन-चाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल समेत बरामद गरीएको छ । साथै उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डीएसपी पातलीले बताए ।

पक्राउ परेका लोनियाविरुद्ध लागुऔषध कसुर लगायतका मुद्दामा थप अनुसन्धान जारी रहेको र अन्य ४ जनासँग सामान्य सोधपुछ गरिरहेको डीएसपी पातलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार