पर्यटन बोर्ड पुनर्संरचना गरिँदै, सञ्चालक समितिमा नयाँ प्रावधान

Author Logo..
२०८२ जेष्ठ ८ गते बुधवार

बोर्ड सञ्चालक समितिमा यसअघि निजी क्षेत्रको प्रतिनिधित्वका लागि क्षेत्र तोकिएको थिएन । अब भने ५ जना निजी क्षेत्रका सञ्चालक समिति सदस्यमा क्षेत्र नै तोकिएको छ ।

७ जेठ, काठमाडौं । राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डको सञ्चालन संरचना परिवर्तन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड ऐन २०५३ संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ । जसमा बोर्ड कार्यकारी समितिमा व्यापक परिवर्तनको प्रस्ताव गरिएको छ ।

सञ्चालक समिति अध्यक्ष मन्त्रालयका सचिव रहने प्रावधान यथावत राखिएको छ । सदस्यमध्ये यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहने प्रावधान रहेकोमा त्यसको सट्टा पर्यटन विभागका महानिर्देशक सदस्य रहने प्रावधान समेटिएको छ । मन्त्रालयले प्रत्यक्ष रूपमा सम्बन्धित निकाय समावेश गर्न यस्तो प्रावधान राखिएको स्पष्ट पारेको छ ।

सञ्चालक समितिमा यसअघि निजी क्षेत्रको प्रतिनिधित्वका लागि क्षेत्र तोकिएको थिएन । अब भने ५ जना निजी क्षेत्रका सञ्चालक समिति सदस्यमा क्षेत्र नै तोकिएको छ । जसमध्ये होटल तथा आतिथ्य उद्योगीबाट एक जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव गरिएको छ । ट्राभल, टुर, ट्रान्सपोर्ट तथा डेस्टिनेसन म्यानेजमेन्टबाट एक जना रहने गरी नयाँ प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार