किसानलाई घाँस काट्ने मेसिन वितरण

Author Logo..
२०८३ जेष्ठ २९ गते शुक्रवार

राप्तीसोनारी, जेठ २९  अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड, बैजापुर सेवा केन्द्रले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पशुपालक शेयर सदस्यलाई घाँस काट्ने चारा मेसिन वितरण गरेको छ । पशुपालन व्यवसायलाई थप प्रभावकारी, व्यावसायिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत सहकारीमा आबद्ध पशुपालक किसानलाई मेसिन हस्तान्तरण गरिएको हो ।

सहकारीका अनुसार किसानहरूको दैनिक श्रम र समय बचत गर्दै पशुचौपायाका लागि आवश्यक हरियो घाँस तथा चारा व्यवस्थापनलाई सहज बनाउन मेसिन वितरण गरिएको उक्त सहकारीले संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै सहकारीका पदाधिकारीहरूले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरणका लागि यस्ता प्रविधिमैत्री उपकरणको प्रयोग आवश्यक रहेको बताए । उनीहरूले किसानको उत्पादन लागत घटाउन, श्रमको उचित व्यवस्थापन गर्न तथा पशुपालन व्यवसायलाई दिगो र लाभमुखी बनाउन सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

घाँस काट्ने मेसिन प्राप्त गरेका किसानहरूले यसबाट घाँस संकलन र तयारी गर्ने कार्य छिटो, सहज र कम खर्चिलो हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार पहिले धेरै समय र श्रम लाग्ने काम अब मेसिनको प्रयोगबाट सहज हुने भएको छ । सहकारीले आगामी दिनमा पनि पशुपालन, कृषि उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुधारका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्थानीय किसानहरूलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणाली विकास गर्न सहकारीले निरन्तर पहल गरिरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार