
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रको पुर्नउत्थानका लागि यस क्षेत्रलाई सरकारले शीर्षस्थानमा राखेको बताएका छन्।
शुक्रबार आवर २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिए। ‘कृषि क्षेत्रको पुर्नउत्थान सरकारको शीर्षस्थानमा रहेको छ’, उनले भने।
उनले कृषि उत्पादन, वितरण र बजारीकरणका लागि सम्पूर्ण इको सिस्टममा सुधार गरिने बताए।
उनले न्यूनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको बताए।
साथै वाग्लेले व्यवसायिक कृषकलाई प्रोत्साहन गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायमा रुपान्तरण गरिने बताए।