
काठमाडौं, चैत १६ गते पाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः सतहमा देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
उक्त बैठक मंगलबार बिहान ११ बजे महाराजगञ्जमा बस्ने तयारी गरिएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो बैठकमा समसामयिक राजनीतिक अवस्था तथा पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा दायर रिटबारे विस्तृत छलफल हुने जनाइएको छ।
विशेष महाधिवेशनमार्फत आएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिइसकेको भए पनि देउवा–कोइराला समूहले त्यसलाई अस्वीकार गर्दै समानान्तर गतिविधि अघि बढाउँदै आएको छ। यसले कांग्रेसभित्र शक्ति संघर्ष अझ चर्किँदै गएको संकेत गरेको छ।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक को पक्राउ प्रकरणमा पनि पार्टीभित्र फरक–फरक धारणा सार्वजनिक भएका छन्। गगन थापा नेतृत्वको संस्थापन पक्षभन्दा देउवा–कोइराला समूहले छुट्टै विज्ञप्ति जारी गरेको थियो।
हालै कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा विशेष महाधिवेशन नस्विकारेका प्रदेश र जिल्ला सभापतिहरूलाई भेला हुन आह्वान गरेका छन्। उनले चैत १९ गते जिल्ला सभापतिहरूको भेला बोलाएका छन्।