बैजनाथ, मंसिर २२ बाँकेमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ बस्ने तथा बैजनाथ गाउँपालिका–१ घर भएका ३० वर्षीय ललित शाही पक्राउ परेका हुन् ।
पीडित महिलाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ ।
शाहीले ति महिलालाई डरधम्की र विभिन्न प्रलोभन पारेर जबरजस्ती करणी गरेको विषयर्मा लाका प्रहरी कार्यालयमा उजुरी परेको प्रहरीले जनाएको छ ।
हाइवे राष्ट्रिय दैनिकको युटुब च्यानल (highwaypostdaly) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस