प्रहरीको हत्या गरेको आरोपमा थप एक जना आरोपी पक्राउ

Author Logo..
२०८२ असोज ८ गते बुधवार

कोहलपुर, असोज ८

जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जका प्रहरीको हत्या गरेको आरोपमा थप एक आरोपी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई मंगलबार पक्राउ गरेको हो ।

यसअघि, प्रहरीकै हत्यामा संलग्न काभ्रेका युवराज क्यापछाकीलाई पनि पक्राउ गरेको थियो । उनीहरू दुवैविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।

घटनामा संलग्न अन्यको पनि खोजी जारी छ । प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार