राष्ट्र बैंकले बाँड्न थाल्यो दशैंलाई सुकिला नोट

Author Logo..
२०८२ भाद्र ३१ गते मङ्गलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । नेपाल राष्ट्र बैंकले आफ्ना कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो ।
बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ ।

दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार