ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर

Author Logo..
२०८२ भाद्र ८ गते आइतवार

नेपालगञ्ज । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविरको आयोजना गरिएको हो । विश्व बन्धुत्व दिवस एवम् राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यस्मृतिमा शनिवार र आइतबार आयोजित रक्तदान शिविरको उद्घाटन शनिवार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले गरे ।

May be an image of 5 people, dais, temple and text that says 'विश्व बन्धूत्व दिवस एव ओम शान्ति प्रकाशमणी प्रकाशमणी्यको जयको ੧८औ पुण्य स्मृतिमा 3 रत् ज कार्यतर मिति: 3&2 2025) OE 0बजेदेसी देसी 肉万绣 ARAATT Prgsen'

क्षेत्रीय प्रमुख बह्माकुमारी दुर्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्त्री अग्रवालले मानव जीवनको सबैभन्दा ठूलो दान रगत दान भएको भन्दै यस्तो पुण्य कार्यको आयोजना गर्ने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा रक्तदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उनले आध्यात्मिक चिन्तनको विकास र मानवता प्रबद्र्धन अभियानमा ॐ शान्तिले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मन्त्री अग्रवालले प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि पनि प्रतिबद्ध रहेको उल्लेख गरे । नगर प्रमुख प्रशान्त विष्टले ॐ शान्तिले रक्तदान जस्तो महान कार्य गरेको भन्दै खुसी ब्यक्त गरे । उनले पनि सहयोगको प्रतिबद्धता जनाए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष यज्ञ बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल स्वंयसेवी रक्तदाता समाजकी बाँके अध्यक्ष दिला शाह, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगञ्ज प्रमुख ब्रह्माकुमारी दुर्गाले एसियाली सम्पूर्ण राष्ट्रहरूमा विशाल रक्तदान महादान शिविर सञ्चालन भइरहेको बताइन् । कार्यक्रम सञ्चालन ब्रह्माकुमारी मुनाले गरेकी थिइन् ।

May be an image of ‎5 people, temple, dais and ‎text that says '‎இிமட் 154 विशाल ויטל 前要て確場せめかます શহ 23& 24 Aug 2025) 価: सयम:विकात्0०यजोदेडी विहान्:00बज भानरश .ে/2 (23 सयम रक्तदान गरौ जीवन बचाओ आयोजक समाज सेवा प्रभाग (RERF) नेपाल ब्रचमातमा्मारी ईश्वरीय विश्य विद्यालया. विद्याल स्थान: क्षेश्रीय कार्यालय, आम शान्ति मार्ग, नेपालगन्ज- c, बॉँके 1‎'‎‎

ब्रह्मकुमार कृष्णका अनुसार विहिबार मात्रै नेपालका विभिन्न ॐ शान्ति केन्द्रमा भएको रक्तदान कार्यक्रममा ५ हजार पिन्ट रगत संकलन भएको छ । नेपालको इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको हो । नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै बढी रहेको बताइएको छ । नेपालगञ्ज क्षेत्र अन्तर्गत रहेको ॐ शान्ति कार्यालयहरुमा हालसम्म २५६ पिन्ट रगत संकलन भएको छ । नेपालगञ्जमा मात्रै शनिवार ५५ पिन्ट रगत संकलन भएको ब्रह्मकुमार कृष्णले बताए । रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोग तथा विभिन्न संघसंस्थाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार