बर्ड फ्लू संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

Author Logo..
२०८३ असार ५ गते शुक्रवार

राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै चिडियाखानामा रहेका केही जीवजन्तुहरूमा बर्ड फ्लू संक्रमण पुष्टि भएको जनाउँदै अर्को सूचना नआएसम्मका लागि सर्वसाधारणका लागि प्रवेश रोक लगाइएको जनाएको हो।

सूचनामा चिडियाखानाभित्र रहेका पशुपन्छीहरूमा संक्रमण देखिएको उल्लेख गरिएको भए पनि कुन–कुन प्रजातिमा बर्ड फ्लू भेटिएको हो भन्ने स्पष्ट खुलाइएको छैन।

संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै र दर्शक तथा कर्मचारीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर चिडियाखाना तत्कालका लागि बन्द गरिएको कोषले जनाएको छ।

अर्को सूचना जारी नभएसम्मका लागि चिडियाखानामा कुनै पनि प्रकारको अवलोकन तथा प्रवेश गतिविधि पूर्ण रूपमा रोकिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार