
अर्थमन्त्री रामेश्वर खनाललाई प्रधानमन्त्रीपछिको वरीयता दिइएको छ । सोमबार शपथसँगै खनाललाई प्रधानमन्त्री सुशीला कार्की पछाडिको वरीयता दिइएको हो ।
खनाल र घिसिङ पूर्वप्रशासक र अर्याल कानूनी पृष्ठभूमिबाट आएका हुन् । उनी काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकारसमेत हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको तेस्रो दिन आइतबार राति कार्कीले तीन मन्त्री नियुक्त गरेकी थिइन् । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए ।
त्ससपछि जेनजीको माग अनुसार ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने शर्तमा कार्की प्रधानमन्त्री बनेकी थिइन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।