स्थानीयगृहपृष्ठ स्थानीय आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने

Author Logo..
२०८२ भाद्र २८ गते शनिवार

शनिबार, भदौ २८,

आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने नेपालगन्ज । जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने भएको छ । भदौ २४ गते अपरान्ह आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिका कार्यालयको कर्मचारीले भोलिपल्टैबाट सरसफाई सुरु गरेका थिए ।

तत्काललाई टिनको टहरामुनी अस्थायी सेवा प्रवाह स्थल खडा गरेर सेवा सुचारु गरिने प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए । अहिले केही दिन सामान्य प्रकृतिको सेवा प्रदान गरिने शर्माले जानकारी दिए । यसैबीच स्वास्थ्य सेवा भने सुचारु रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताए ।आगजनीपछि क्षतिग्रस्त बाँकेका अन्य एक दर्जन बढी सरकारी कार्यालय भने अझै सेवा सुचारु गर्न सक्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार