जेनजी र देशबासीलाई संयमित हुन सेनाको आग्रह

Author Logo..
२०८२ भाद्र २४ गते मङ्गलवार

काठमाडौँ- नेपाली सेनाले पछिल्लो घटनाक्रमको विश्लेषण गरिरहेको उल्लेख गर्दै जेनजी आन्दोलनकारी र देशबासीलाई संयमित हुन आग्रह गरेको छ।

प्रधान सेनापति अशोकराज सिग्देलले जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनका विकसित घटनाक्रमहरू सेनाले विश्लेषण गरिरहेको उल्लेख गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गिहरो दुख प्रकट गरेको छ। शोकसन्तप्त परिवारप्रति सेनाले समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ सेनाले भनेको छ।

यस्तो छ सेनाको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार