
तुलसीपुर, भदौ १४ :- नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सत्ता चुक्दा खबरदारी गर्ने निकाय फितलो बने लोकतन्त्र कमजोर बन्न सक्ने खतरा औंल्याएका छन् । शनिबार तुलसीपुरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङ शाखाको २८औं साधारणमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरीले सत्ता चुक्दा खबरदारी गर्ने नागरिक समाज पछिल्लो समय फितलो बन्दै जान थालेको प्रतित हुन थालेको प्रति चिन्ता जाहेर गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाज जस्ता संस्थाहरुका कारणले नेपालमा प्रजातन्त्र सुद्रिढ हुन पाएको भन्दै उनले नागरिक समाज फितलो बन्दा प्रजातन्त्रपनि कमजोर हुने आशय ब्यक्त गरेका थिए । ‘ जस्ले शान्ति यात्राको मार्ग प्रसस्त गर्छ र जस्ले भ्रष्टचार न्यूनिकरणमा सघाउँदै आएका छन् त्यस्ता निकाय कमजोर हुँदा लोकतन्त्रपनि कमजोर बन्ने खतरा रहन्छ,’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका पूर्व अध्यक्ष तथा अधिबक्ता मोहन धितालले राज्य र बिद्रोही पक्षले नेपालमा दश बर्षे युद्धको समयमा आतातायी रुप पर्दशन गर्दाको समयमा आम मान्छेका लागि बाँच्न पाउने अधिकारको वकालत गर्दै कानुनी राज्यको प्रत्याभूति दिलाउनका लागि समाजको स्थापना गरिएको बताएका थिए ।
त्यस कार्यक्रमलाई समाजका केन्द्रीय सचिव तुलसीराम सुनार, समाजका कर्णाली प्रदेश सचिव डिल्ली जैसी, सल्याख शाखा सभापति अम्बेश्वर डाँगी, दाङ शाखाका संस्थापक सभापति तथा अधिबक्ता डिल्लीराज धिताल, उच्च अदालत तुलसीपुरका नेपाल बार यशोसियनका अध्यक्ष मधुसुदन गौतम लगाएतले सम्बोधन गरेका थिए ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, तुलसीपुर चेम्बर अफ कमर्षका उपाध्यक्ष सञ्तोष खड्का, नेपाल उद्योग ब्यापार संघ तुलसीपुरका अध्यक्ष कृष्णबहादुर पुन, राष्ट्रिय अपाङग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष देवा डाँगी, जेष्ठ नागरिक सरोकार मञ्चका अध्यक्ष खुमानन्द अधिकारी, समाज कल्यान केन्द्रकी सचिव जानुका केसी, महिला अधिकार सक्षक संजाल दाङकी उपाध्यक्ष पद्मा चौधरी लगाएतले सम्बोधन गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखा सचिव माधव बस्नेतले गरेका थिए ।