
काठमाडौँ-८, भदौ:- नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले लोकतन्त्रले मात्रै देश विकास नहुने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देश विकास गर्न नेतृत्वमा निर्भर रहने उनको भनाइ थियो। कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै उनले लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताए।
कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताए। उनले भने, ‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ। मलाई कहिलेकहीँ लाग्छ त्यसले मात्रै उत्तर पाइँदैन कि भन्ने लाग्छ। दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे। कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ। संसारमा एउटै अनुभव छैन।
कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ।’ उपाध्यक्ष पाण्डेले युवाहरुको बीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बताए।