संविधान संशोधन बहस अघि बढ्दै, कार्यदल गठन

Author Logo..
२०८२ चैत्र ३० गते सोमवार

काठमाडौँ, चैत ३० गते   सरकारले नेपालको संविधान जारी भएको एक दशकको समीक्षा गर्दै आवश्यक संशोधनका लागि बहस अघि बढाएको छ । यसका लागि नौ राजनीतिक दलसम्बद्ध ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको छ । कार्यदलको संयोजकत्व प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले गर्नुभएको छ ।

कार्यदलमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाललगायत दलका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलले संविधान कार्यान्वयनको १० वर्षे अभ्यासमा देखिएका चुनौती पहिचान गर्दै आवश्यक सुधारका विषयमा दुई महिनाभित्र बहसपत्र तयार गर्ने लक्ष्य लिएको छ ।

नेताहरूले संविधानका आधारभूत मूल्य र मान्यता जोगाउँदै समयसापेक्ष संशोधन आवश्यक रहेको बताएका छन् । कांग्रेसले कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउनुपर्ने धारणा राखेको छ भने अन्य दलका नेताहरूले राष्ट्रिय सहमति र विज्ञको सुझावका आधारमा मात्र संशोधन अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले पनि संविधानलाई समयानुकूल बनाउन अनावश्यक प्रावधान हटाई आवश्यक नयाँ व्यवस्था थप्नुपर्ने सुझाव दिनुभएको छ ।

सरकार र दलहरूले संविधान संशोधनलाई राष्ट्रिय सहमति र व्यापक छलफलमार्फत अघि बढाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार