
थियानजिन-१४भदौ:- प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज चीन आइपुगेका छन्। राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली थियानजिन आइपुगेका हुन्।
उनलाई थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ, चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए। आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
हाइवे राष्ट्रिय दैनिकको युटुब च्यानल (highwaypostdaly) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस